
काठमाडौँ, २४ वैशाख नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ आउँदै छन् । एमालेले आयोजना गरेको स्थानीय तह लक्षित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न प्रदेश १ आउन लागेका हुन् ।
एमाले अध्यक्ष ओली सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।धरानको सभालाई सकेर ओलीले सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्ने, त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया