१ कार्तिक २०८३, आइतबार

आईपीएल क्रिकेटमा मुम्बईसँग गुजरात पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात टाइटन्स पराजित भएको छ ।

अंक तालिकाको पुछारमा रहेको मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरातलाई ५ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १७८ रनको लक्ष्य भेट्न नसक्दा गुजरात पराजित भएको हो । गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

अंक तालिकाको पुछारमा रहेको मुम्बईले जितसँगै १० खेलमा ४ अंक जोडेरको छ । गुजरातले ११ खेलमा १६ अंक जोडेको छ । पराजित भए पनि गुजरात शीर्ष स्थानमा कायमै छ ।