
काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणा देउवाले निःशुल्क मलेशिया पठाउने भनेर दिएको अभिव्यक्ति विवादमा तानिएको छ ।
चुनावी सभामा राणाले निःशुल्क मलेशिया पठाउने भनेर दिएको अभिव्यक्ति विवादमा तानिएको हो ।
प्रधानमन्त्रीपत्नी राणाले धनगढीमा चुनावी सभालाई सम्बोधनका क्रममा कांग्रेसलाई भोट दिए स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइ दिने आश्वासन दिएकी थिइन् ।
‘तपाईंहरुले कांग्रेसलाई जिताउनुस, हामी सबैलाई गर्न सक्दैनौं तर, यो ठाउँमा दुःख पाएकाहरु केहीलाई पढाउने छु । मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री भिसा र टिकट मिलाउनेछु,’ उनले आफूले कोटाबाट ५ ६ जनालाई मलेशिया पठाउन सक्ने बताएकी छिन् ।
प्रधानमन्त्री पत्नी आरजुमाथि राज्यसत्तामा ब्रम्हलुट मच्चाउने गरेको र कर्मचारी तथा प्रहरीको सरुवा बढुवामा अकुत कमिशन असुल गर्ने गरेको आरोप लाग्दै आएको छ ।
भिडियो:















प्रतिक्रिया