
काठमाडौँ, २३ वैशाख । डीआईजी बसन्त लामा एआईजीका लागि बढुवा सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो ।
समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार जानकारीका लागि गृहमन्त्रालयले सूचना समेत प्रकाशित गरिसकेको छ ।
यद्यपि उनी बढुवा भए पनि आगामी जेठ ८ गते ५६ वर्षीय अनिवार्य अवकाशमा जानेछन् ।















प्रतिक्रिया