७ कार्तिक २०८३, शनिबार

गठबन्धनभन्दा निकै बलियो छ एमालेः चित्रबहादुर केसी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनभन्दा एमाले निकै बलियो रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा अध्यक्ष केसीले यस्तो स्वीकारोक्ति गरेका छन् ।

बोल्दै अध्यक्ष केसीले पाँच दलीय गठबन्धनलाई मजबुत बनाउन नसके एमाले हावी हुने प्रष्ट तथ्य देखिएको बताउनु भयो ।

‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन (एमालेसँग तर्सिएपछि सम्बोधन गर्ने भाषा) । नेपालमा प्रतिगमन एक्लै छैन । प्रतिगमनले गणतन्त्र र संसद सिध्याउन खोज्दा जनताले पाएको दुःख बिर्सनुहुँदैन । हामीबीच इमानदार सहकार्य हुनुपर्छ’, केसीले भने ।

उनले गणतन्त्र जोगाउनकै लागि जनमोर्चा गठबन्धनमा सामेल भएको स्पष्ट गरेको बताए ।