७ कार्तिक २०८३, शनिबार

ओलीलाई बलियो बनाउन खोजियोः रामचन्द्र पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने षड्यन्त्र भएको बताएका छन् ।

काठमाडौँमा चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

‘ओलीलाई बलियो बनाउन गठबन्धनभित्रै पनि षड्यन्त्र भइरहेको छ । हसियाँ हथौडामा छाप हान्दैनौ भनेर गठबन्धनलाई कमजोर बनाउने काम भएको छ । म मेरा साथीहरुलाई भन्न चाहन्छु । संकीर्णता समातेर होइन । अलिकति खुला भएर संविधान र लोकतन्त्र जोगाउने गठबन्धनको मिसनमा जोडिनुस् । यो अग्रगामी र प्रगतिशील गठबन्धन हो’, पौडेलले भने ।