
काठमाडौँ, २३ वैशाख । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा खोटाङको हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ ।
केन्द्रीय रुपमा एमालेविरुद्ध सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेको भएपनि नगरमा भने नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारीसहित वडा तहसम्मै तालमेल भएको छ ।
एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि वाम तालमेलको निर्णय भएको हो ।
तीन दलले एमालेका मेयर उम्मेद्वार खडेन्द्र राईलाई समर्थन गरेका छन् भने उपमेयरमा माओवादी केन्द्रका अमेम्बर राई छन् ।
त्यसैगरी, एमाले ५, माओवादी केन्द्र ४ र एकीकृत समाजवादीले एक वडाध्यक्ष पाएको छ ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष उम्मेद्वारलाई एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरेको छ ।
उनीहरुले स्थानीय आवश्यकताअनुसार तालमेल गरिएको जनाएका छन् ।















प्रतिक्रिया