
सिन्धुपाल्चोक, २३ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको सम्मुखमा पनि नेकपा एमालेमा प्रवेश गर्नेको क्रम जारी रहेको छ ।
यसै क्रममा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ का तरुण दल अध्यक्ष सैलेन्द्र कार्कीसहितको टोली नेकपा एमालेमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान एक कार्यक्रमबीच कार्कीसहितको टोली एमालेमा प्रवेश गरेको हो ।
उनीहरुलाई एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका टपिन्द्र तिमल्सिना र वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार ईश्वर तिमल्सिनाले पार्टीमा स्वागत गरेका छन् ।
सुनकोशीमा एमाले र माओवादीले चुनावी तालमेल गरेका छन् ।















प्रतिक्रिया