१ कार्तिक २०८३, आइतबार

किन भयो १९ औँ एसियाली खेलकुद स्थगित ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । चीनको होङझोउ शहरमा सेप्टेम्बरमा निर्धारित १९ औँ एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ ।

चीनले कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेपछि जोखिमलाई ध्यानमा राखेर खेलकुद स्थगित गरिएको बताइएको छ ।

फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार चीनमा २०१९ को भन्दा बढी कोरोनाका संक्रमित भेटिन थालेका छन् ।

‘एसियन ओलम्पिक परिषद (ओसीए)ले सेप्टेम्बर १० देखि २५ सम्म तीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ,’ प्रतियोगिताको आधिकारिक वेवसाइटमा लेखिएको छ । तर, त्यसअघि नै चीनको सरकारी सन्चारमाध्यम सीसीटीभीले प्रतियोगिता स्थगित भएको पहिलो सूचना प्रशारण गरेको थियो ।