७ कार्तिक २०८३, शनिबार

उपल्लो बिहुँलाई पर्यटकीय गन्तव्यका रुपमा निर्माण गर्ने अभियानमा एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २३ वैशाख । नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको चुनावी अभियानअन्तर्गत बिहीबार वडा नं. ५ उपल्लो बिहुँका विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएका छन् ।

बिहुँको जुकेपानी, राइटे पोखरी, कर्लिम लगायतका स्थानमा चुनावी सभा गरी एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको उमेदवारलाई विजयी गराउन मतदाताहरुलाई आव्हान गरेको छ ।

राइटे पोखरीमा आयोजित चुनावी सभामा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रामबहादुर जिसीले काठेखोला गाउँपालिकाकै पर्यटकीय गन्तव्यका रुपमा उपल्लो बिहुँलाई निर्माण गर्ने अभियान एमालेले सञ्चालन गरेको बताए ।

कार्यक्रममा एमाले काठेखोलाका अध्यक्षका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन वडा अध्यक्षका उमेदवार हिमबहादुर क्षेत्री, वडा सदस्यका उमेदवारहरु प्रेम पुन, राधिका नेपाली, शान्तिविक र ऋषिराम कंडेलले काठेखोलाको समृद्धि र विकासका लागि आफुलाई मतदान गर्न आव्हान गरेका थिए ।

काठेखोला ५ मा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । एमालेले वडा अध्यक्षसहित ३ जना सदस्य तथा राप्रपाले १ जना वडा सदस्यका लागि उमेदवारी दिएका छन् ।

गत स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षका उमेदवार ४२ मतले पराजित भएको वडा नं. ५ मा यस पटक एमाले र राप्रपाका उमेदवारले विजयी हासिल गर्ने गरी अभियान सञ्चालन गरको एमाले वडा अध्यक्ष हिरालाल सापकोटाले बताए ।