
काठमाडौँ, २३ वैशाख । धनकुटाको साँघुरीगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा साँघुरीगढी–३ मदेन टोलका ३८ वर्षीय इन्द्रबहादुर याखाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बिहीबार राती पौने १२ बजे साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा को २८ प ७४७१ नम्वरको मोटरसाइकल अनियन्त्रित सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।















प्रतिक्रिया