७ कार्तिक २०८३, शनिबार

आफूले जिते आफ्नो तलव विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन्छुः भगवान केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । नेकपा (एमाले)बाट टोखा नगरपालिका वडा नं. ६ का अध्यक्षका उम्मेदवार भगवान केसीले आफूले निर्वाचन जितेमा आफूले प्राप्त गर्ने तलब भत्ता असहाय र आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने बताएका छन् ।

६२÷६३ सालमा आफ्नै नेतृत्वमा वडा नं–६ मा ढलको निर्माण गरेर विकास अभियानको सुरु गरेको उनले यस्तो बताएका हुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो कार्यक्रममा व्यस्त केसीको टोखा नगरपालिकालाई पर्यटकीय नगर बनाउने योजनासहित नेकपा चुनावी मैदानमा होमिएका छन् ।

विपक्षीको समेत साथ पाएका केसीले वडा नं ६ लाई संस्कृति ,प्रकृति र मानवीय विकासमा चमकदार बनाउने सपना रहेको बताएका छन् ।

त्यस्तै, केसीले वडा नं ६ लगायत का सम्पूर्ण ऐतिहासिक टोखा बस्तिहरुको पूर्वाधार र मानवीय विकासका लागि गुरु योजना निर्माण गरेको बताउँदै टोखालाई प्राकृतिक संग्रहालयका रुपमा विकास गर्ने प्रतिवदत्ता समेत व्यक्त गरेका छन् ।

२०५४ सालको स्थानीय तहको निर्वाचमा धापासी वडा नं ४ गाविस अध्यक्षमा पराजित भएपनि केसी जनताको लोकप्रिय बनेका थिए ।

केसीले टोखामा स्थानीय जात्रा, पर्व, संस्कारलाई वडाको पहिचानका रुपमा प्रवर्द्धन गर्नुका साथै आफूलाई जनताको कुरा सुनेर विकासको योजना बुन्ने जनप्रतिनिधिका रुपमा प्रस्तुत हुने बताएका छन् ।

त्यस्तै, केसीले युवाहरुलाई अवसर, जेष्ठ नागरिकहरुलाई सम्मान र बालबालिकाहरुलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम लागु गर्ने बताउँदै घरदैलोमा लागेका छन् ।

वडामा रहेको खेतीयोग्य जमिनको प्रयोग गर्दै वडाबासीलाई वडा कै उत्पादन अभियान शुरु गर्ने योजना रहेको उनी सुनाउँछन् ।

जनताका हरेक दुःख सुखको सारथी बन्न पुगेका भगवान बारेमा जान्न, बुझ्न र चिन्न खोज्ने नगरबासीहरुको शंख्या दिन प्रति दिन बढ्दै गएको छ । यसबाट उनको लोकप्रियता चुलिने मात्रै नभएर चुनावी प्रतिस्पर्धामा समेत बलियो बन्ने स्थिति सिर्जना भएको छ ।

अब ५ वर्षाका लागि टोखा नगरपालिका वडा नं ६ को कमाण्ड सम्हाल्न आफ्नो उम्मेदवार सदस्यहरूमा अधिवक्ता चन्द्र प्रकाश श्रेष्ठसहित अनुभवी, अनोज विक्रम थापा (चारघरे कान्छा), दिप कुमारी मैनाली, र दलित महिलामा इन्दिरा सुनार नयाँ उर्जा भएका उम्मेदवारहरुको टिम लिएर मैदानमा उत्रिएका भगवान केसीको राजनीतिक भविष्यको फैसला अब वैशाख ३० गतेको मतदानले गर्नेछ ।