७ कार्तिक २०८३, शनिबार

स्थानीय तह निर्वाचनः वैशाख ३० गते हवाई उडान नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन आन्तरिक हवाई उडान पनि नहुने भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरेको थियो । त्यसैगरी, सो दिन हवाई उडान समेत नहुने भएको हो ।

यद्यपि अन्तर्राष्ट्रिय उडान भने नियमित हुनेछ ।

आयोगले विदेश जाने यात्रीहरुका सहजिकरणका लागि सवारी साधनको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।

आयोगले त्यस दिन सार्वजनिक सवारी चल्न नदिने निर्णय गरेको छ भने निजी सवारीका हकमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान बनाएको छ ।