७ कार्तिक २०८३, शनिबार

टोखामा नेकपा एमालेको राम्रो छाप, नेकपा एसका प्रभावशाली नेता लागे उम्मेदवारको प्रचारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ,२२ वैशाख । टोखामा नेकपा एमाले मजबुत बन्दै गएको छ । २०७४ सालमा प्रमुख र उपप्रमुखमा विजयी बनेको नेकपा एमालेले यस पटक ५ वर्षमा गरेका विकास निर्माणका कामहरु लिएर टोखा वासीको माझमा पुग्दा उम्मेदवारहरुलाई नेकपा एकीकृत समाजवादीका नेताहरुले समेत सक्रिय साथ दिएका छन।

नेकपा माले कालिन समय देखि नै टोखा क्षेत्रमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेर संगठन विस्तार गरेका प्रभावशाली नेता गजराज श्रेष्ठ नेकपा एस छोडेर नेकपा एमालेको प्रचारमा जुटे संगै एमाले थप बलियो बनेको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका तर्फ बाट वडा नं १ को अध्यक्षमा मनोनयन गरेका श्याम लाल श्रेष्ठ , सदस्यमा मनोनयन गरेका महेश्वर अधिकारी अहिले नेकपा एमालेको प्रचारमा निकै सक्रिय रहेका छन।