७ कार्तिक २०८३, शनिबार

बालिका बलात्कार आरोपमा एक युवा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २३ वैशाख । १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङ घर भई त्रियुगा नगरपालिका-३ मोतिगडा बस्दै आएका २८ वर्षीय राजन राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रण लिएको हो ।

फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि प्रहरीले राउतलाई नियन्त्रणम लिएर अनुसन्धान थालेको हो ।