८ कार्तिक २०८३, आइतबार

पाल्पामा आगलागीमा परि एक वृद्धको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २३ वैशाख । पाल्पामा आगलागीमा परि एक वृद्धको ज्यान गएको छ ।

आगलागीमा परि रैनादेवी छहरा गाउँपालिका-४ का ७९ वर्षीय मानबहादुर सोमै मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । एक्लै बस्दै आउनुभएका सोमैको घरमा गएराति करिब एक बजेतिर आगो लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगोले घर पूरै जलेर नष्ट भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।