
काठमाडौँ, २३ वैशाख । सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ का काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए ।
झडपमा वडा अध्यक्षका प्रत्यासी उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । आफ्ना कार्यकर्तालाई कांग्रेस समर्थकले आक्रम गरेको निहुँमा करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका काँग्रेस उम्मेदवारलाई आक्रमण गरेका थिए ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो । घाइते दुईजनाको अवस्था सामान्य छ ।















प्रतिक्रिया