८ कार्तिक २०८३, आइतबार

भोजपुरको बिहीबारे बजारमा आगलागी हुँदा ९ वटा सटर ध्वस्त, दुई बालक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भोजपुर, २२ वैशाख । भोजपुरको षडानन्द नगरपालिका–१४ स्थित बिहीबारे बजारमा आगलागी भएको छ । स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए ।

तामाङ परिवार साँझ खाना खाएर सुत्न गएकाबेला एक्कासि आगलागी भएको र आगलागीका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट दुवै घरका नौ वटा सटर जलेर ध्वस्त भएका छन् । दुई वर्षीय बालक पनि जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

एकै घरका चारदेखि पाँच वटा सटरमा सामग्री रहेकाले ठूलै क्षति भएको अनुमान गरिएको छ । आगलागी करिब नियन्त्रणमा आएको र कति धनमालको क्षति भयो भन्नेबारे थप अनुसन्धानपछि बाहिर आउने जनाइएको छ ।