
चितवन, २२ वैशाख । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी पुत्री रेणु दाहालले निर्वाचन हारे देश दुर्घटनामा पर्न सक्ने धम्की दिएका छन् ।
भरतपुर महानगरको मेयरकी दोस्रो पटक उम्मेदवार बनेकी रेणुका लागि हसिया हथौडामा भोट माग्दै प्रचण्डले मतदातालाई भोट नहाले देश दुर्घटना पर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् ।
बिहीबार भरतपुरमा गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
मञ्चमा आसिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसकै रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरुलाई साक्षी राख्दै प्रचण्डले भरतपुरमा रेणुको पराजय भए देश दुर्घटना जाने चेतावनी दिएका हुन् ।
‘तपाईहरुलाई हसियाँ हथौडामा भोट हाल्न निकै गाह्रो लागेजस्तो छ, हसिया हथौडामा भोट हाल्नु भएन र हारियो भने देश दुर्घटनामा पर्छ, यत्ति कुरा चाँहि मैले भनें,’ प्रचण्डले भने ।रेनुलाई जिताएर पठाएको अवस्थामा भने अहिलेको गठबन्धन २० वर्षसम्म लैजान आफू तयार रहेको प्रचण्डले बताए ।
‘यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो । समृद्धि र विकासको आवश्यकता हो भन्ने तपाईं चितवनबासीलाई लाग्छ र रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ,’ प्रचण्डले भने, हाल्नुभएन भने देश नै दुर्घटनामा पर्छ,’ प्रचण्डको धम्की थियो ।















प्रतिक्रिया