८ कार्तिक २०८३, आइतबार

चुनावपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाउँदै सरकार, कति पुग्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । सरकारले निर्वाचनपछि पेट्रोयिलम पदार्थको मूल्य ह्वात्तै बढाउने भएको छ ।

नेपाल आयल निगमले चुनावको सम्मुखमा मूल्य बढाउँदा विरोध हुन सक्ने भन्दै निर्वाचनपछि मूल्य बढाउने तयारी गरेको हो ।

भारतीय आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि सरकारले पनि मूल्य बढाउन लागे पनि चुनावले गर्दा रोकिएको बताइएको छ । निगमले चैत २२ देखि मूल्य बढाएको छैन ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन लगत्तै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको हो ।

निर्वाचनपछि पेट्रोलको प्रतिलिटर १८३ रुपैयाँ पुग्ने बताइएको छ ।