८ कार्तिक २०८३, आइतबार

चितवनमा वाइसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमणः घाइते बिकको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-शिशिर सिंखडा

चितवन, २२ वैशाख । माओवादी केन्द्रको भातृ संगठन वाईसिल कालिकाका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र बिक घाइते भएका छन ।

कालिका–३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षिय बिकलाई वाईसिल कालिकाका इन्चार्ज घलानले गए राती ११ बजे फोन गरि घरबाट बोलाएर आक्रमण गरेका हुन । बोलाएर २ सय मिटर पर लगि १५÷१६ जनाको समुहले बोत्तल तथा सीसाले टाउकोमा हानेको स्थानियले बताएका छन ।

एमालेको भातृ संगठन युवा संघका नगर सदस्य समेत रहेका बिकको अहिले गम्भीर अबस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको नेकपा एमाले कालिकाका सचिब शुदर्शन अधिकारीले जानकारी दिए । बिकको टाउकोमा गम्भीर चोट लागेको छ ।

वाईसिल कालिकाका इन्चार्ज नवराज घलान यश अगाडी पनि एमाले जिल्ला कमिटी सदस्य ऋषिराम मरहठ्ठालाई आक्रमण गरि प्रहरी हिरासतमा रहेका थिए । उनी करिब २ महिना अगाडि धरौटी जमानतमा छुटेका थिए ।