१ कार्तिक २०८३, आइतबार

‘सी’ डिभिजन लिग : आरसी ३२ को सहज जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा ओसिस क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आरसी ३२ ले ओसिसलाई ४–० गोल अन्तरले पराजित गरेको छ।

खेलको ६३औं मिनेटमा विवेक सन्तोषीले गरेको गोलबाट आरसी ३२ ले अग्रता बनाएको थियो। ८६औं मिनेटमा प्रविन राईले आरसी ३२ को अग्रता दोब्बर पारे। यस्तै, इन्जुरी समयमा अनिस पुलामी मगर र आशिष लावतीले गोल गरेपछि आरसी ३२ ले ४–० को सहज जित निश्चित गर्‍यो।