८ कार्तिक २०८३, आइतबार

मोरङमा एमालेका उम्मेदवारकाे घर पछाडि शंकास्पद वस्तु फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ मा शंकास्पद वस्तु फेला परेको छ।

नेकपा एमालेका उम्मेदवार जीवनाथ ढकालको घर नजिकै मकैबारीमा तारजडित अवस्थामा प्रेसर कुकर फेला परेको हो। मकैबारीको डिलमा प्रेसरकुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बिहानै प्रहरी पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शंकास्पद वस्तु तारजडित प्रेसरकुकरमा ‘कथित स्थानीय चुनाव बहिष्कार गरौं’ भन्ने लेखेर टाँसिएको छ। घटनास्थलमा नेपाली सेना पुगेर उक्त शंकास्पद वस्तु निष्कृय पार्ने प्रहरीले बताएको छ।