
काठमाडौँ, २१ वैशाख । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आचारसंहिता विपरित अभिव्यक्ति दिएकोमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
त्यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।
‘२०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने सदर पश्चिम सरकारका माननीय मुख्य मन्त्री र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेललाई चौबिस घण्टाभित्र स्पष्ट गरी पठाइदिन स्पष्टीकरण सोधेको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया