
काठमाडौँ, २१ वैशाख । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरोमा परेर दुई जना बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घरको जग लगाउँदै गर्दा एक्कासी भीरबाट खसेको सुख्खा पहिरो खसेर च्यापिँदा दुई जना बालकको मृत्यु भएको भएको हो ।
मृत्यु हुनेमा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावल रहेका छन् ।
तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो ।
बालकहरु खेलिरहेको अवस्थामा पहिरो खसेर पुरिन पुगेका हुन् । मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् ।
त्यस्तै, पहिरोले रणबहादुरकी श्रीमती लक्ष्मी बोहरा पनि घाइते भएकी छन् ।















प्रतिक्रिया