८ कार्तिक २०८३, आइतबार

यातायात व्यवस्था कार्यालयबाट १० पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, २१ वैशाख । प्रहरीले ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट १० जनालाई पक्राउ गरेको छ ।

सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने ३४ वर्षीय सुजन बुढाथोकी, ललितपुर बस्ने दोलखा, दोलखा गाउँपालिका–७ घर भएका ३४ वर्षीय विवेक थापा, ललितपुर बस्ने धनुषा वटेश्वर घर भएका ३५ वर्षीया दुनिया बहादुर राउत, ललितपुर इमाडोल बस्ने काभ्रे महाभारत गाउँपालिका–५ घर भएका २२ वर्षीय विशाल तामाङ, ललितपुर महानगरपालिका–१४ बाडेगाउ घर भएका ३९ वर्षीय सुनिल बज्रचार्य, ललितपुर महानगरपालिका–१० पाटनढोका घर भएका ३६ वर्षीय महेश सुवेदी, ललितपुर भैसेपाटी बस्ने रामेछाप लखनपुर घर भएका २६ वर्षीय शिव दर्जी, एकान्तकुना बस्ने ललितपुर गोदावारी नगरपालिका–१३ घर भएका २६ वर्षीय राजेश सुनुवार, ललितपुर कुसुन्ती बस्ने बारा निजगढ नगरपालिका घर भएका २४ वर्षीय रोशन घिमिरे र ललितपुर बस्ने काभ्रे शिखर अंबोटे घर भएका ३३ वर्षीय कमल लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई लामो समयदेखि सेवाग्राहीहरुलाइृ बाधा पुर्याउने, सेवा लिन अवरोध गर्ने, अभद्र व्यवहार गर्ने कार्य गरेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।