८ कार्तिक २०८३, आइतबार

सामाजिक सञ्जालमा भाइरल बनेका रेग्मी ‘म्यादी प्रहरी’ नभएको खुलासा, पोशाक दिने पनि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । भाइरल बनेका रेग्मी ’म्यादी प्रहरी’ नै नभएको खुलासा, पोसाक दिने पनि नियन्त्रणमा

काठमाडौँ, २१ वैशाख । सामाजिक सञ्जालमा कानुनले बर्जित गरेका कुराहरु गर्दै भाइरल भएका नवराज रेग्मी म्यादी प्रहरी नभएको खुलासा भएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका रेग्मीले म्यादी प्रहरीको पोशाकमा सामाजिक सञ्जाल टिकटकमा आफ्ना भिडियोहरु पोस्ट गरेका थिए । तर उन ’म्यादी प्रहरी’ भनिए पनि अर्काको पोशाकबाट भिडियो बनाएर खुलेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराईलाई पनि नियन्त्रणमा लिइएको जनाएका छन् ।

म्यादी प्रहरी पुरनले पोशाक दिएर नवराजले भिडियो बनाएको प्रहरीले जनाएको छ ।

कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको थियो ।

सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ ।