८ कार्तिक २०८३, आइतबार

हेर्नुस् कुन स्थानीय तहमा कति छन् मतदाता र मतदान स्थल ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका मतदान स्थल र केन्द्र निर्धारण गरेको छ ।

आयोगले सातै प्रदेशमा दश हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र निर्धारण गरेको जनाएको छ ।

जसमा प्रदेश १ मा १८ सय ७७ मतदान स्थल हुँदा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।

त्यसैगरी, ३३ लाख ३१ हजार १७० मतदाता रहेको मधेस प्रदेशमा २१ सय ६३ मतदानस्थल र ४ हजार १८९ मतदान केन्द्र रहेका छन् ।

यसैगरी, वागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता रहेका छन् । यो प्रदेशमा १७ सय ९२ वटा मतदानस्थल कायम रहेका छन् भने ४ हजार ९५ मतदान केन्द्र कायम भएको छ ।

१७ लाख ७९ हजार ४११ जना मतदाता रहेको गण्डकी प्रदेशमा १२ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्रमार्फत मतदान हुने भएको छ । ३२ लाख १९ हजार ४७५ जना मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ सय २९

मतदानस्थल र ३८ सय ३२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जानकारी दिएको छ ।

त्यस्तै, कर्णालीमा १० लाख १ हजार २८२ मतदाता रहेका छन् भने ९ सय सात मतदानस्थल र १३ सय ८५ मतदान केन्द्र रहेका छन् ।

सुदूरपश्चिममा १६ लाख ३२ हजार १५० मतदाता छन् भने ११ सय ३५ मतदानस्थल र २१ सय ३ मतदान केन्द्र निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ ।

देशभर ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता, १८३ अन्य र ८७ लाख ४१ हजार ५ सय ३० महिला गरी १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।

७५३ स्थानीय तहमा कायम मतदाता, मतदानस्थल र मतदान केन्द्र आयोगले तोकेको हो । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७७ नगरपालिका र ४६० वटा गाउँपालिका रहेका छन् । यस्तै देशभर ६ हजार ७४३ वटा वडा रहेका छन् ।

कहाँ-कहाँ छन् मतदान केन्द्र हेर्नुस् सूचीः