८ कार्तिक २०८३, आइतबार

बर्दियामा रिक्सा र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बर्दिया, २१ वैशाख । बर्दियाको ठाकुरबाबा नगरपालिका–१ मा आज ट्रक र रिक्सा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ बस्ने ४९ वर्षीया पिउली धिताल रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी धितालको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको रिक्सा आज दिउँसो १ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित दुबै चालकलाई ईलाका प्रहरी कार्यालय बग्नाहाले नियन्त्रणमा लिएको छ ।