
काठमाडौं, २१ वैशाख । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ ।
सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो ।
सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबनधनमा आशंका शुरु भएको छ ।
भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध कांग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
पौडेललाई पार्टीले कारवाही गरे पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । यस्ता खालको बागी उम्मेदवारीका कारण माओवादीले कांग्रेसलाई शंकाको दृष्टिले हेर्दै आएको छ । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यविरुद्ध पनि कांग्रेसबाटै विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् ।
कांग्रेसले कार्कीलाई कारबाही गरे पनि उम्मेदवारी कायमै राखेपछि गठबन्धनको उम्मेदवारले जित्नेमा आशंका पैदा भएको छ, आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।















प्रतिक्रिया