८ कार्तिक २०८३, आइतबार

रेनु दाहालले सरकारी ढुकुटीबाट आफू निकटलाई लाखौँ बाँडेको तथ्य बाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ वैशाख । भरतपुर महानगरपालिकाको मेयरका लाग पुनः उम्मेदवारी दिएकी निवर्तनमा मेयर रेनु दाहालले सरकारी ढुकुटीमा दुरुपयोग गरेको तथ्य खुलेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री दाहालले आफू निकटलाई सरकारी ढुकुटीबाट लाखौँ बाँडेको तथ्या बाहिर आएको हो ।

उनले चैत १८ गते राजीनामा दिनुअघि अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफू निकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँड्ने निर्णय गरेको बुझिएको छ ।

महानगरको अन्तिम नगर बैठकले मान्युट नै गरेर उपचारका नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ । उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ ।

२१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ ।

२१ जनाको विवरणमध्ये भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ । त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । ३० हजार रुपैयाँ रकम पाएका केदारमान आङ्दम्बेको रोग उल्लेख गरिएको छैन ।

यसैगरी भरतपुर महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ । जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।