८ कार्तिक २०८३, आइतबार

कार र मोटरसाइकल ठोक्किँदा बाबु-छोरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १९ वैशाख । कास्कीको लेवाडेमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा पर्वतका जीतबहादुर पुन गम्भीर घाइते भएका थिए। उनकी १८ वर्षकी छोरी सविना पुनको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका जीतबहादुरको उपचारको क्रममा आज मृत्यु भएको हो।

आइतबार पर्वतबाट पोखरातर्फ आउँदै गरेको ग १ ८प ८१९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले ठक्कर दिएको थियो।

यता मोटरसाइकललाई ठक्कर दिएको कारका चालकलाई अहिलेसम्म प्रहरीले पक्राउ नगरेको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन्। उनीहरूले फरार रहेका कार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको राहबरमा मृतकका आफन्तसँग फरार कार चालकका बाबु र दाइबीच वार्ता चलिरहेको प्रहरीले जनाएको छ।