
काठमाडौँ, १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगहरूमा भइरहेको अघोषित लोडसेडिङ स्वीकार्य नहुने बताएका छन् ।
सोमबार महासंघले आयोजना गरेको पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै गोल्छाले यस्तो बताएका हुन् ।
उनले नेपाल विदुयुत् प्राधिकरणले उद्योगहरुमा अघोषित लोडसेडिङ गरेको भन्दै त्यसको विरोध गरेका छन् ।
‘अघोषित लोडसेडिङ उद्योगहरूलाई स्विकार्य छैन् । कोरोना महामारीले सिथिल बनेको अर्थतन्त्र केही लयमा फर्किन थालेको अवस्था थियो,’ उनले भने, ‘तर पछिल्लो समय यस्तो लोडसेडिङले अर्थतन्त्र संकुचन तर्फ धकेलेको छ भने व्यवसायीहरूलाई थप समस्या निम्त्याएको छ । उद्योगीलाई अध्यारोमा राखेर देश उज्यालो बन्दैन् ।’
उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान कूल ७५ प्रतिशत रहेको भन्दै समस्या समाधानमा ध्यान दिनुपर्ने स्पष्ट पारे ।















प्रतिक्रिया