८ कार्तिक २०८३, आइतबार

माओवादी नेताहरु पुन र शर्माबीच गोप्य भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र जनार्दन शर्माबीच गोप्य भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार सिंहदरबार नजिकै रहेको बसेरा होटेलमा भेटवार्ता भएको हो । उनीहरुले एउटै टेबलमा खाना खाँदै कुराकानी गरेका हुन् ।

पुन र शर्माबीच बजेट निर्माणबारे कुराकानी भएको बताइए पनि पार्टीको आन्तरिक विषयमा छलफल भएको आंकलन गरिएको छ ।

उनीहरु दुवै माओवादी केन्द्रमा महासचिवका दाबेदार हुन् । माओवादीमा उनीहरुबीच टसल रहेको बताइन्छ ।

पार्टीका नेताहरुबीच भेटवार्ता हुनु समान्य भए पनि पूर्वसूचनाबिना विशेष अवस्थामा भएको उनीहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।