
काठमाडौँ, १८ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उठेकी सिर्जना सिंहको चुनावी र्यालीमा हिँडेका केहि व्यक्तिले नागपोखरी नजिकै स्कुटरमा हिँडेको व्यक्तिलाई हातपात गरेका छन् ।
र्यालीमा हिडेकाहरुले बाटो नछोडेपछि स्कुटरमा रहेका चालकले हर्न बजाएपछि र्यालीमा हिँडिरहेका एक जनाले हर्न किन बजाएको भन्दै प्रश्न गर्दा गर्दै दुवैबीच मुख छाडा छाड हुँदै र्यालीमा उपस्थिती ती व्यक्तिले स्कुटरमा रहेका ती व्यक्तिमाथि हातपात गरे ।
यसरी हातपाल भएपछि र्यालीमा उपस्थित अन्यले छुट्याछन् तर स्कुटरमा सवार ती पुरुष र महिलाले औला देखाउँदै हिँडेपछि र्यालीमा भएका मध्ये पुरुषले पनि मुख छोड्दै पर परसम्म लखेट्छन् ।
कुटपिट नै भएपछि र्यालीमा केहि खैलाबैला त मचिन्छ तर भोट माग्दै घरदैलो हिँडेकी मेयर कि दावेदार र्सिजना भने आफ्ना कार्यकर्ताले गरेको यस्तो हर्कतबाट भने बेखबर थिइन् ।
र्यालीमै हिडेका एक जना हजुरबुबा उमेरका व्इत्तिले भने हर्न बजाउन पाइदै भन्ने त्यसलाई थाहा रहेन्छ क्या, हातमा काँग्रेसको झन्डा देख्ने वितिकै रिस उठेर हर्न बाजायो होला भन्दै पिटेर राम्रो गर्यो भन्दै स्याबासी दिरहेको थिए ।
र्यालीमा हिडेका काँग्रेस कार्यकर्ताले पुरै मुख्यबाटो नै छेक्ने गरि हिडीरहेका थिए जसले गर्दा बाटो हिड्नेलाई निकै असहज भएको देखिन्थ्यो
।
भिडियो:















प्रतिक्रिया