७ कार्तिक २०८३, शनिबार

कांग्रेससँग देश बनाउने नीति नै छैनः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १८ वैशाख । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग देश बनाउने नीति नै नभएको बताएका छन् ।

मे दिवसका अवसरमा आइतरबार उनले हेटौँडामा आयोजित वृहत चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेसँग देश बनाउने नीति नै नभएको र एमालेलाई धारे हात लगाउने बताए । जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन् ।

ओलीले भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’

उनले परमादेशबाट बनेको सरकारलाई जनमतबाटै पाखा लगाएर एमालेले सरकारको नेतृत्व गर्ने पनि बताए ।

उनले अहिले देश एमाले र गठबन्धनबीचको लडाईँ रहेको जसले नेपाल जोगिने कि नजोगिने समेत निर्धारण गर्ने बताए ।

‘अब देशमा कहिल्यै नाकाबन्दी हुँदैन । हामी सरकारमा भएको बेला चीनतर्फको बाटो खोलिसकेका छौं । जसका कारण अब हामी चौतर्फी घेराबन्दीबाट मुक्त भएका छौँ’, उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको आरोप पनि लगाए ।