
काठमाडौँ, १८ चैत । सरकारले जेठ १ देखि हप्तामा दुई दिन शनिबार र आइतबार सरकारी कार्यालय बन्द गर्ने निर्णय गरे पनि अस्पतालका बहिरंग सेवा (ओपीडी) आइतबार भने बन्द नहुने भएको छ ।
स्वास्थ्य सेवा अति आवश्यकीय हुने भएकाले आइतबारको ओपिडीलाई निरन्तरता दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ठूला अस्पताका निर्देशकहरुसँग छलफल गरेर सबै स्वास्थ्य संस्थालाई आइतबार ओपिडी सेवा जारी राख्न परिपत्र गर्ने जनाएको छ ।















प्रतिक्रिया