८ कार्तिक २०८३, आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, १८ वैशाख । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदवारी नगरपालिका-३ मानेभज्याङ घर भएका ३३ वर्षीय कुमार दर्जीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कुमारले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चेवाबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।