आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अल्मुताइरीको एन्फालाई पत्रः खेलाडीलाई माफी दिएँ, कारबाही नगर्नुस्

दैनिक नेपाल २०७९ वैशाख १८ गते १६:२३

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै आफूले खेलाडीलाई माफी दिएको र कारवाही नगर्न आग्रह गरेका छन् ।

एसिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका रोहित चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीमाथि गम्भीर आरोप लगाउँदै प्रशिक्षण छोडेका थिए ।

खेलाडी रोहित चन्दले होस्टेलको सेवा सुविधा सुधार गर्न आग्रह गर्दा अल्मुताइरीले घर पठाएपछि अन्य खेलाडीहरुले विरोध गरेका थिए ।

उनले खेलाडीका विषयलाई पत्रमा उल्लेख गरेका छैनन् । आफूलाई खेलाडीले अपमानजनक व्यवहार गरेको जनाएका छन् । उनले भनेका छन्, ‘खेलाडीहरुले मेरोविरुद्ध गरेको अपमानजनक टिप्पणीका लागि माफी दिन्छु । र, विनम्रतापूर्वक अनुरोध गर्छु कि यी खेलाडीहरुलाई उनीहरुको गल्तीका लागि दण्डित नगरियोस् ।’

उनले खेलाडीहरुले आफ्ना अनुमति बिना प्रशिक्षण छोडेकाले एशिया कपबाट हटाइएको पनि जनाएका छन् ।

खेलाडीहरु विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षकको व्यवहारको विरोध गर्दै बन्द प्रशिक्षण छाडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित