७ कार्तिक २०८३, शनिबार

कांग्रेस–माओवादी र मधेशवादी दलकै घरभित्र एमाले जन्मिसकेको छः महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १७ वैशाख । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले कांग्रेस, माओवादी र मधेशवादीका घरघरमा एमाले जन्मिसकेको बताएका छन् ।

शनिबार नेपालगञ्जमा एमालेका युवा, विद्यार्थी र महिलाको निर्वाचन परिचालनसम्बन्धी संयुक्त भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस, माओवादी, राप्रपा र फोरमको घरभित्र पनि एमाले जन्मिसकेको बताए ।

‘यो कांग्रेसको गढ हो । यो गढ माओवादीको हो । यो गढ त राप्रपा र फोरमको हो भनेर नसोच्नु होला । यो पाँच वर्षको अवधिमा हाम्रो पार्टीले गरेको कामको आधारमा, हाम्रो अध्यक्ष केपी शर्मा ओलीले गरेको कामको आधारमा कांग्रेसकै घरभित्र पनि एमाले जन्मिसकेको छ । माओवादीकै घरभित्र पनि एमाले जन्मिसकेको छ । राप्रपाको घरमा पनि एमाले जन्मिसकेको छ । त्यसैले हरेकका घरमा तपाईं जान जरुरी छ । कुनै घर नछोड्नु होला,’ महासचिव पोखरेलले भने ।

एमालेले नै सामाजिक सुरक्षा भत्तादेखिका राम्रा काम गरेकोमा अहिलेको गठबन्धन सकारले देश बिगार्ने काम गरेको पोखरेलले टिप्पणी गरे ।

उनले भने, ‘जवानीमा कांग्रेस भएकाहरु पनि उमेर ढल्केपछि एमाले हुन्छ । यो निर्वाचन जसले टिकट पाए उनीहरुको मात्र हो भनेर बुझ्नु हुँदैन । यो चुनाव भनेको पार्टीको चुनाव हो । देशका पक्षको चुनाव हो । राष्ट्रका पक्षका चुनाव हो भन्ने मान्यताका आधारमा पार्टीका पक्षमा दृढतापूर्वक लाग्न आग्रह गर्न चाहन्छु ।’

कार्यक्रममा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार पशुपति दयाल मिश्र, उपप्रमुखका उम्मेदवार शान्ति ढकाललगायतले समृद्ध नेपालगञ्जका बारेमा आफ्नो धारणा राखेका थिए ।