७ कार्तिक २०८३, शनिबार

स्थानीय तह निर्वाचनः कुन दलका कति उम्मेदवार ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । स्थानीय तह निर्वाचनमा ७९ दलबाट उम्मेदवारी परेको छ । निर्वाचन आयोगले शुक्रबार उम्मेदवारहरुको अन्तिम नामवली प्रकाशन गरेको छ ।

स्वतन्त्र उम्मेदवारहरुको संख्या पनि उल्लेख्य छ ।

आयोगका अनुसार सबैभन्दा धेरै नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।

यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ ।

जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार छन् भने एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ ।

त्यस्तै, स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

कुन दलका कति उम्मेदवारहरु ?