१ कार्तिक २०८३, आइतबार

शहीद स्मारक सी डिभिजन : झापाको तेस्रो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १६ वैशाख । शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले लगातार तेस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा झापाले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

झापाको जितमा पेमा तामाङको गोल नै निर्णायक बन्यो । झापाका नितेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

मनोहरा युनाईटेड क्लब र समाज कल्याण खेलकुद केन्द्रबीचको खेल दिउँसो ४ बजे हुनेछ ।