सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

शहीद स्मारक सी डिभिजन : झापाको तेस्रो जित

दैनिक नेपाल २०७९ वैशाख १६ गते १६:१७

ललितपुर, १६ वैशाख । शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले लगातार तेस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा झापाले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

झापाको जितमा पेमा तामाङको गोल नै निर्णायक बन्यो । झापाका नितेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

मनोहरा युनाईटेड क्लब र समाज कल्याण खेलकुद केन्द्रबीचको खेल दिउँसो ४ बजे हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित