
काठमाडौँ, १४ वैशाख । चितवनको भरतपुरमा गठवन्धनका साझा उम्मेदवारविरुद्ध नेपाली कांग्रेसका पूर्वसंसद जगन्नाथ खतिवडाले बागी उम्मेदवारी दिएपछि गठबन्धन रन्थनिएको छ ।
वुधबार बसेको गठबन्धनको बैठकले देशभरकै बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेसँगै भरतपुरका खतिवडालाई पनि मनाउने प्रयास गरिने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल उम्मेवदार बनेपछि कांग्रेसबाट जगन्नाथ खतिवडाले मनोनयन दर्ता गराएका छन् ।
प्रचण्डकै छोरी रेणु उम्मेदवार बनेपछि गठबन्धनका नेताहरुको ध्यान भरतपुरमा मात्रै परेको छ । जसरी भएपनि रेणुलाई पुनः जिताउने दाउमा प्रचण्ड छन् भने स्थानीय निर्वाचनमा कांग्रेस पनि माओवादीबाट साथ पाएर जित्न चाहन्छु । सभापति शेरबहादुर देउवा प्रचण्डलाई जसरी पनि फकाउने पक्षमा भएपछि आफ्नै पार्टीलाई छताछुल्ल बनाउन देउवा उद्यत बने ।
भरतपुरका बागी उम्मेदवार कांग्रेसका खतिवडालाई फकाउन देउवाको निर्देशनमा नेता खाण भरतपुर जाने भएका हुन् ।
आज भैरहवा जानुपर्ने कार्यक्रम रहे पनि देउवाको निर्देशनमा खाण चितवन जान लागेका हुन् ।















प्रतिक्रिया