
काठमाडौँ, १४ वैशाख । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताको बैठकले असन्तुष्ट भएर बागी उम्मेदवारी दिएकाहरुको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको निर्णयविपरित दर्ता गरिएका बागी उम्मेदवारी फिर्ता गराउने निर्णय भएको हो ।
बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।
त्यस्तै, कतिपय स्थानीय तहमा गठबन्धनका पार्टीहरुले नेकपा एमालेसँग गरेको तालमेल फिर्ता गराइने भएको छ ।
बैठकले एमालेसँग सहकार्य नगर्ने र गरेको भए खारेज गराउने निर्णय गरेको छ ।
मनोनयन फिर्ता लिने अघिल्लो दिन वुधबार बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तो छ संयुक्त विज्ञप्तिः
















प्रतिक्रिया