
दमक, १४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा विशेष चुनावी प्रचार सुरु गरिएको छ ।
राप्रपासहितको गठबन्धनलाई पराजित गर्ने कार्ययोजनासहित नेकपा (एमाले) दमकले घरदैलो कार्यक्रम सुरु गरेको छ । आजदेखि दमक वडा नं ५ बाट घरदैलो कार्यक्रम सुरु गरिएको हो ।
मेयरका उम्मेद्वार गीता अधिकारी, उपमेयरका उम्मेद्वार अम्बिका प्रसाद खनाल, वडा अध्यक्ष ईन्द्रबहादुर गुरुङ दलित महिला सदस्य सरु परियार, महिला सदस्य शोभा बेलबासे खुला सदस्यहरु खड्ग राई र गोपालकृष्ण संग्रौला सहितको टोलीले विहान हरिओम कोलेनी, धनेश्वर चौक आसपासका टोलमा घरदैलो गरेको छ ।
घरदैलोमा एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, केन्द्रीय सदस्य एवं दमक नगरका मेयर रोमनाथ ओली, प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति थियो ।
आजबाट सुरु भएको यो अभियान २८ गतेसम्म निरन्तर चल्ने एमालेले जनाएको छ । नाचगानसहित सुरु भएको घरदैलोमा टोलबासीहरुले पनि सक्रिय उपस्थिति देखाएको एमाले नगर कमिटीले जनाएको छ ।
















प्रतिक्रिया