७ कार्तिक २०८३, शनिबार

एमालेले चुनाव जितिसक्योः उपाध्यक्ष पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sf7df8f}F, @& r}t . Gf]skf Pdfn] k|rf/ ljefuåf/f nlntk’/sf] lxdfno xf]6ndf cfof]lht d’n’ssf] cfly{s cj:yfsf ;DaGwdf gfds kqsf/ cGt/lqmof sfo{qmddf af]Nb} k”j{ cy{dGqL lji0f’ kf}8]n . t:jL/ M k|bLk/fh jGt, /f;;

बुटवल, १४ वैशाख । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेले निर्वाचन जितिसकेको बताएका छन् ।

उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घर भएको बताए ।

‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भने ।

एमालेले गरेका काम र आगामी योजना बताएर मत माग्न पौडेलले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

‘कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठूलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन,’ उनले भने । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताए ।

‘टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्,’ उनले भने ।

एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले सरकारमा रहँदा गरेको राम्रा कामका कारण जनतामा एमालेप्रतिको आकर्षण बढेको बताए ।

अर्का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दधिराम न्यौपानेले मार्क्सवाद र साम्यवादको झोला बोकेर रुखमा भोट हाल्दै समाजवादमा पुग्छौं भन्नेहरूको सपना तुहिन लागेको बताए ।