९ कार्तिक २०८३, सोमबार

तीनपाटन गाउँपालिका अध्यक्षका गठबन्धन उम्मेदवारको नाममा बेरुजु रहेको भन्दै उजुरी (उजुरीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १३ वैशाख । गठबन्धनबाट तीनपाटन गाउँपालिकाका अध्यक्ष पदका साझा उम्मेदवार नेपाली का‌ंग्रेसका कर्ण वहादुर थापामगरविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

थापा गाउँपालिका अध्यक्ष हुँदा थापाकै नाममा रहेको थापा कन्ट्रक्सन सर्भिसको नाममा बेरुजु रहेकाले र थापा २०७४ सालमा नेपाली काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष रहेका बेला उनले आफ्नै कम्पनिको नाममा पालिकाबाट ठेक्का स्विकृत गराई काम गरेको र उक्त रकम महालेखाले बेरुजु देखाएको भएपनि उक्त बेरुजु थापाले स्विकृत नगरेको भन्दै निर्वाचन अधिकृतको कार्यालय लाम्पानटारमा नेकपा एमालेका पालिका अध्यक्षका उमेदवार छत्र बहादुर दाहालले उजुरी दर्ता गराएको निर्वाचन अधिकृत पुष्पराज कट्वालले बताए ।

थापाले आफू पदमा बहाल हुँदा आफैँले आफैँलाई ठेक्का स्वीकृत गराई गाउँपालिकामा हाल पनि निर्माणको काम गरि रहेको पाइएको भन्दै दाहालले उजुरी दर्ता गराएका हुन् ।

थापा प्रोप्राइटर भएको खाता राष्ट्रिय वाणिज्य बैङ्क सिन्धुली, प्राइम बै‌ंक सिन्धुली शाखा र बैङ्क आफ काठमाडाैँ चकमके शाखामा खाता सञ्चालन गरि हाल पनि कारोबार गरिरहेको भन्दै उजुरीमा उल्लेख गरेको निर्वाचन अधिकृत कट्वालले बताए ।

‘उजुरीका विषयमा छानविन गरी निर्वाचन ऐनमा व्यवस्था भएअनुसार आफुहरुले प्रक्रिया अगाडी बढाउने कट्वालले बताए । उजुरीका विषयमा अध्ययन भई रहेकाले यसै हुन्छ भन्ने अवस्था छैन’, कट्वालले भने ।

आयोगले जारी गरेको निर्देशिका अनुसार ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ । ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ निर्देशिकामा भनिएको छ ।

थापा सम्बन्धित गाउँपालिकाको उम्मेदवार भएर सम्बन्धित पालिकामा नै ठेक्का पट्टा गर्दै आएका छन् । थापाले तिर्नु पर्ने बेरुजु रकम समेत तिर्न बाँकी रहेको भनि उजुरीमा उल्लेख गरिएको छ, कट्वालले भने ।