९ कार्तिक २०८३, सोमबार

किन काटियो तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । विद्युतको महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटेको छ ।

उपमहानगरले ४ महिना यताको विद्युत महशुल नबुझाएको विद्युत प्राधिकरण केन्द्र तुलसीपुरले जनाएको छ ।

उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल पनि बुझाएको छैन । उपमहानगरले सडक बत्तीको जरिवानासहित करिब ९८ लाख महशुल बुझाउनुपर्नेछ ।