
काठमाडौँ, १३ वैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट हेर्दाहेर्दैको सूचीमा राखेको छ ।
मंगलबार सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको अदालतले जनाएको छ ।
गभर्नर अधिकारीमाथि सरकारले छानबिन गरेपछि निलम्बनमा परेका थिए ।
वैशाख ५ मा अधिरकारीले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि वैशाख ६ गते सुनुवाई हुँदा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छानबिन रोक्न आदेश दिएको थियो ।
रिटको अर्को पेसी बिहीबारका लागि तोकिएको छ ।















प्रतिक्रिया