
कपिलवस्तु, १३ वैशाख । कपिलबस्तु नगरपालिका-४ गोपालपुरस्थित सडकमा यूपि ५५ एक्स ९१८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय पंचम अहिरको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया